Tuesday, October 21, 2025

मन्दिरका अध्यक्ष सहित १८जना जुवाडे पक्राउ ;

ताजा / भरखरै प्राप्त

जुवा तास खेलिरहेको अवस्थामा झापाको शिवसतााक्षीबाट नगद सहित १८ जना जवाडेलाई प्रहरीले पक्राउ
परेका छन् ।
वडा नम्बर ११ ब्यांगडाडा स्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जना लाई नगद सहित पक्राउ गरिएको जिल्ला
प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार ४ लाख ५४,५०० पनि बरामद भएको हो ।
पक्राउ पर्नेमा शताक्षी धाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बास्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी छन् ।
यस्तै वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजू दर्जी पक्राउ
परेका छन् ।
यस्तै वडा नम्बर ७ बस्ने सीताराम कार्की, खरीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र बुबर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाको सूचना शाखाले जनाएको छ ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमक राखिएको छ ।

शुक्रबार बिहान साढे
१ बजे उनीहरूलाई
गोप्य सूचनाका आधारमा
इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles