धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद
गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका- ५ को लब्ली चोकबाट ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको बताएको छन् ।वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटेको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा अवैध चरेस बरामद गरेको हो ।
तर, चरेस बोकेको १०७२ नम्बरको एनएस मोटरसाइकल प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् ।