३०७ किलो गाँजासहित कृषि फर्मका संचालक मिनराज राई पक्राउ परेको हो ।
३०७ किलो गाँजासहित कृषि फर्मका संचालकलाई प्रहरीले पक्राउ गरेको छन्
सुनसरीको धरान उपमहानगर पालिका-१७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषी फर्मबाट अवैध लागूऔषध गाँजा ३ सय ७ किलोग्राम सहित कृषि फर्म संचालक धरान उपमहानगरपालिका-१३ बस्ने ४४ वर्षीय मनिराज राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त फर्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी राईलाई पक्राउ
गरेको प्रहरीले
जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।