सप्तरी प्रहरीले सोमबार राति १७ क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएका छन् । बालुवा र गिटी लोड भएको ट्रकबाट १७ क्विन्टल गाँजा प्रहरीले नियन्त्रणमा लिइएको हो ।
सप्तरीको राजगढ गाउँपालिका-४ बाट प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएको छ ।
यो क्षेत्रमा बालुवा गिटी भण्डारण गरी राख्ने र भारततर्फ चोरी तस्करी
हुने गरेको छ ।
ट्रकमा बालुवा लोड गर्दा तल गाँजा राखेर भारततर्फ लग्ने योजना अनुरूप जाँदै गर्दा गोप्य सूचनाका आधारमा प्रहरीले चेक गर्दा १७ क्विन्टल गाँजा फेला परेको प्रहरीले बताएका छन् ।