Tuesday, April 22, 2025

प्रहरीका ३२ सई भए बरिष्ठ बढुवा सिफारिस ;

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका ३२ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम सिफारिस गरिएको सूची सार्वजनिक गरिएको छ ।सार्वजनिक सूचीअनुसार, सिफारिस प्राप्त अधिकृतहरूले अब प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति पाउनेछन् ।बढुवा सिफारिस हुनेमा भरत बहादुर चन्द, मम बहादुर साउँद, महेन्द्र प्रसाद काफ्ले लगायतका व्यक्तिहरु रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles