Wednesday, October 15, 2025

अवैध लागूऔषध गाँजासहित महिला पक्राउ ;

ताजा / भरखरै प्राप्त

नवलपरासीको रामग्रामबाट १३ किलो ८ सय ८० ग्राम गाँजासहित एक महिला पक्राउ
परेकी छिन् ।
रामग्राम नगरपालिका-१२ पचगावा बस्ने ५० वर्षीया रेशमादेवी भरलाई प्रहरीले पक्राउ गरेको हो ।
भरको घरमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सुराकीका आधारमा प्रहरीले शनिबार छापा मार्दा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले बताए ।
पक्राउ परेकी भरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles