
कुनै दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरी अधिकारीहरुलाई आईजीपी कुँवरले नेपाल प्रहरीहरूलाई निर्देशन दिनु भएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले कसैको दबाब वा प्रभावमा नपरी काम गर्न प्रहरी अधिकारीहरुलाई आईजीपीले प्रहरीहरूलाई निर्देशन दिएका छन् ।
नुवाकोटको जिल्ला प्रहरी कार्यालय परिसरमा
निर्माण भएका मन्दिर
तथा नागरिक सहायता कक्षको उद्घाटन गर्दै आईजीपी कुँवरले उक्त
निर्देशन दिनुभएको हो ।
आईजीपी कुँवरले प्रहरी
र नागरिकबीचको सम्बन्ध सुमधुर र सुदृढ रहेमात्र समाजमा अपराधहरूलाई निर्मूल पार्न सकिने बताएका छन् ।
सीमित साधन स्रोतका बाबजूद पनि प्रहरीले आफ्नो शत प्रतिशत योगदान दिने प्रयास हरदम गरिरहेको भन्दै उनले पछिल्लो समय प्रत्याशित वा अप्रत्याशित रूपमा आएका वा आउन सक्ने विपद्जन्य घटना सबैको चुनौतीको रूपमा
देखिएका बताएका छन् ।
आईजीपी कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानूनी र अनैतिक
कार्य गर्ने व्यक्ति वा समूहहरूले सामाजिक संजालको दुरूपयोग
गर्ने व्यक्तिहरू विरूद्ध
खरो रूपमा प्रस्तुत भई
कुनै पनि किसिमको
दवाव र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न कटिवद्ध रहन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।