कपिलवस्तुमा अवैध पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पेस्तोल लिएर हिंडिरहेको अवस्थामा मायादेवी गाउँपालिका–६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिरलाई प्रहरीले पक्राउ गरेको हो ।
कम्मरमा लुकाइ राखेको अवस्थामा कालो रंगको ४।५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय
पकडीले जनाएको छ ।
पेस्तोलसँगै त्यसमा
लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान
धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ ।प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा
पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले
जनाएको छ ।