Thursday, October 23, 2025

कैलालीको ञ्चनपुरमा श्रीमानले गरे श्रीमतीको हत्या :

ताजा / भरखरै प्राप्त

कैलालीको कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका- ८ तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योतिको हत्या गरेको जिल्ला
प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी
नायब उपरीक्षक उमेश जोशीले जानकारी दिएका छन् ।
घाँटीमा हँसिया प्रहार
गरेर ज्योतिको ज्यान गएको थियो ।
पहिलो श्रीमतीको मृत्युपछि नरेन्द्रले ज्योतिलाई दोस्रो श्रीमतीको रुपमा भित्र्याएका थिए ।
केही वर्ष पहिले
उनीहरुको विवाह भएको
प्रहरीले जनाएको छ ।

यसअघि पनि उनीहरुबिच विवाद र झगडा हुने गरेको थियो ।
हिजो राति करिब ८ बजेतिर ज्योतिको हत्या गरेको र त्यसलगत्तै श्रीमानलाई पक्राउ
गरी घटना सम्बन्धमा
थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेकाविरुद्ध
कर्तव्य ज्यानमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles