


धनुषाजिल्लाको जनकपुरधाममा सप्ताहव्यापी रुपमा
मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु
भएको छ, ।
सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम सम्पन्न, भएको छ ।
दोस्रो दिन सोमबार फूलबारी रामलीला,
तेस्रो दिन मंगलबार
धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव
हुने छ,।
पाँचौ दिन मंसिर २० गते मटकोर र मंसिर २१ गते रामसीता
स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ,।
महोत्सवको अन्तिम दिन ममंसिर २२ गते रामकलेवा
गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ,।