Wednesday, October 22, 2025

महोत्तरीमा लुटपाट गर्ने समूह पक्राउ :-

ताजा / भरखरै प्राप्त

महोत्तरीमा संगठित रुपमा डकैती र लुटपाट गर्ने हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

भारतीय नागरिकले महोत्तरीको गौशालामा डेरामा लिएर पेसेवर रुपमा डकैती तथा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीले एक महिलासहित ६ जना लाई पक्राउ गरी सार्वजनिक गरेको हो । फरक फरक स्थानमा एउटै समूहले लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताएका छन् ।

भारत बिहार सितामाढी शिवनगर फुलहटा घर
भई महोत्तरीको गौशालामा डेरा लिएर बस्दै आएका ३० वर्षीय डाक्टर भन्ने प्रमोद कुमार साह, सन्जु देवी साह लाई पक्राउ गरिएको छ ।
उनीहरु श्रीमान श्रीमती रहेको प्रहरीले
जनाएको छ ।

लुटपाटमा संलग्न सितामाढी जानकीनगरका ५२ वर्षीय रन्धिर साह, सितामाढी विष्णुपुर बस्ने सुधिर भण्डारी, महोत्तरी गौशाला–९ बिसहरपुरका २८ वर्षीय ललन साह, गौशाला–६ फुलकाहाका २६ वर्षीय राकेश कुमार यादवलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक जैसवारले बताए हो ।

पक्राउ परेका आरोपितहरुसँगै लुटपाट गर्ने ४ जना भारतमा पक्राउ परेको जैसवारले बताए ।लुटेरा समूहले महोत्तरीको औरही, गौशालाको निगौल, बटौवा, इमली बजार, रजखोरमा हातहतियार देखाएर लुटपाट गरेका
थिए ।
लुटपाटमा संलग्न ६ जनलाई पक्राउ गरी प्रहरीले हातहतियार तथा खरखजनाना, चोरी/डाका (लुटपाट) र संगठित अपराध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक जैसवारले बताए ।
प्रहरीले लुटेराहरुबाट विभिन्न स्थानबाट लुटपाट भएको मोबाइल, गहना लगायतका समानहरू समेत बरामद गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles