Monday, April 20, 2026

झापा सशस्त्र प्रहरी द्वारा आईफोन बरामद ;

ताजा / भरखरै प्राप्त

भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब ९ लाख मूल्य बराबरका आईफोन सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले बरामद गरेको छ ।झापा गाउँपालिका–४ पन्थपाडाको सशस्त्र टोलीले आइतबार ती आईफोन बरामद गरेको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ जेड ८१०१ नम्बरको होन्डा कम्पनीको भारतीय मोटरसाइकललाई शंका लागेर जाँच गर्दा उक्त सामान फेला परेको थियो । सशस्त्र प्रहरीले सामानसहित मोटरसाइकल चालक भारत विहारको किसानगन्ज–१ जानकी चोक बस्ने २८ वर्षका मोहम्मद ईस्त्राफिललाई समेत पक्राउ गरेको छ ।बरामद भएको सामान
मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles