

५६ किलो लागूऔषध गाँजा गाडीसहित १ जना मानिस मकवानपुरको मनहरीमा पक्राउ
परेका छन् ।
प्रहरीले बिशेष सूचनाको
अधारमा मकवानपुरको
इलाका प्रहरी कार्यालय
मनहरीबाट खटिएको
प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी
गाँउपालिका वडा नं. ९ ज्यामिरे स्थित पुर्व पश्चिम
लोकमार्ग सडकखण्डमा
मनहरीबाट हेटौडातर्फ जादै गरेको ना.६ ख २३४४ नम्बरको कन्टेनर गाडीलाई
रोकी चेकजाच गरेकोमा
उक्त गाँजा गाडीमा फेला परेको छ ।
गाडी चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ८ का सिमपानी बस्ने बर्ष २७ को
अनिल कुमार थिङलाई माथि
शंका लागि शरीर तथा कन्टेनर गाडी समेतको खानतलासी गर्दा सो कन्टेनरको चालक बस्ने
सिट माथि क्याबिनको भागमा लुकाई छिपाई राखी ल्याईएको अवस्थामा
५६ किलो लागूऔषध गाँजा प्रहरीले फेला
परेको हो ।
उक्त लागूऔषध, कन्टेनर गाडी र मानिससहित अनिल कुमार थिङलाई नियन्त्रणमा लिई सम्मानित
मकवानपुर जिल्ला अदालत हेटौडाबाट १०
दिनको म्याद थप अनुमती
लिई अनुसन्धान कार्य
भईरहेको प्रहरीले बताएको छन् ।