बिल बिजकभन्दा बढी सामान बोक्ने दुई वटा मालबाहक ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा बुधबार राति वीरगञ्ज महानगरपालिका-१५ स्थित प्रतिमा चोकबाट ना ४ ख ९८५१ र प्रदेश २ -०३-००१ ख ६५५७ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिइएको
पर्सा प्रहरीले जनाएको छ ।
दुई करोड रुपैयाँभन्दा बढी मूल्यका हार्डवेयर र औषधि लोड भएका दुवै मालबाहक ट्रकलाई थप अनुसन्धानका लागि बिहीबार बारास्थित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौं र विराटनगरतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको
दुवै मालबाहक ट्रकमा २ करोड ९ लाख ६ हजार ८ सय ४२ रुपैयाँ बराबरको हार्डवेयर र औषधि लोड भएको पाइएको छ ।