Thursday, December 26, 2024

हर्क साम्पाङको आरोप- यो देशमा सक्कली माओवादी नै छैनन्काठमाडौं ।

ताजा / भरखरै प्राप्त

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले देशमा अहिले सक्कली माओवादी कोही पनि नभएको आरोप लगाएका छन् ।बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।खोज पत्रकारीता केन्द्र (खोपके) ले प्रकाशित गरेको ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ मा समेटिएका विषयबारे जवाफ दिन उनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

खोपकेको रिपोर्टमा ‘नक्कली माओवादीदेखि मेयरसम्म’ उपशीर्षकमा हर्क माओवादीसँग चन्दा उठाउन धरानस्थित वाणिज्य बैंकसम्म पुगेको उल्लेख छ ।माओवादीका तत्कालीन इन्चार्ज प्रवेश राईको योजनामा चन्दा माग्नेलाई बैंकसम्म बोलाइएको र त्यतिबेला पहेंलो र सेतो रङको करिज्मा मोटरसाइकलमा सम्पाङ पुगेको बताइएको छ ।जसलाई साम्पाङले पनि स्वीकार गरेका छन् ।‘…सधैंभरी आफ्नो मोटरसाइकल लाने र गायब हुने भएपछि त्यो दिन मैले नै पुर्‍याइदिन गएको थिएँ । बैंकमा गइसकेपछि उहाँहरूले दुव्र्यवहार गर्नुभयो,’ साम्पाङले बिहीबार भनेका छन् ।

उनले त्यतिबेला माओवादीको स्थितिबारे थप बताउन थाले ।‘..त्यतिखेरको स्थिति नै त्यही थियो । लडाईं भइराखेको, युद्ध जितेर आएको, युद्धविराम भएर आएको उन्माद माओवादीमा थियो । उहाँहरूको व्यवहार अहिले पनि त्यस्तै त्यस्तै न छ,’ उनले भनेका छन् ।त्यसपछि एक पत्रकारले मेयर साम्पाङलाई प्रश्न गर्छन्, ‘मेयरसाब, नक्कली माओवादी को थिए त त्यतिबेला ?’जवाफमा उनले भने, ‘नक्कली माओवादी को थिए भन्नेकुरा मलाई थाहा छैन । यो देशमा सक्कली माओवादी छ र ? म तपाईंलाई प्रश्न गर्न चाहन्छु, यो देशमा सक्कली माओवादी छ ? छैन कोही पनि । सबै नक्कली माओवादी हुन् ।’उनले माओवादीबारे थप भने, ‘संगठित भएँ भन्दैमा हुन्छ र ? माओको सिद्धान्तअनुसार भएको छ र ? आर्थिक एजेन्डा छ र ? सक्कली नक्कलीको कुरै नगरौं, देशमा कोही पनि सक्कली माओवादी छैन ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles