





बाराको घुमुवाहरूको संरक्षणमा विगत केही दिन देखि तस्करी सुरूभएको छ ।
बारा जिल्लाकाे तस्करीको नाकाहरू बलिरामपुर, मुहरवा, छतवा, बरैनिया, कचोरवा, कवहिगोठ, मटिअर्वा लगायतका नाकहरूबाट तस्करी भइरहेको र तेलकुवा देखि बरियारपुरको बाटो हुदै बाराको सदरमुकाम कलैयामा जम्मा पारि गोदाम गरि अन्त बजारमा पठाउन गरेको स्रोतले बताउँछन् ।
बारा जिल्लामा तस्करी ठूलै मात्रामा चलिरहेको स्थानीयले
बताएका छन् ।
बारा जिल्लामा एसपी महेन्द्र खडका कार्यरत रहेको छन् ।
उनले घुमुवा परिचालन गरेर तस्करीको लाइन दिएको समाचार स्रोतकोभनाई छ ।
बाराभरिमा तस्करी गराउने घुमुवाहरू प्रहरी बरिस्ठ हवल्दार विनोद साह, र प्रहरी सहायक हवल्दार धिरज पटेल लगायतका घुमुवा टिम परिचालन
गरि बाराका सीमावर्ती नाकाहरूबाट तस्करी गराइएको र तस्करीको लाइन दिएको स्रोतले बताएको छ ।