

जिल्ला बाराको अमलेखगन्जबाट १५ केजी गाँजा र कारसहित २ जना मानिस भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पथलैया–हेटौंडा सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जमा हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बीआर २२ जे–५३३३ नम्बरको भारतीय प्लेट भएको कारभित्र बीचको सिट मुनि फलामको फल्स बटम बनाई सोही फल्स बटमभित्र लुकाइछिपाई लगिरहेको गाँजा बरामद गरिएको अमलेखगन्ज प्रहरी चौकीका प्रहरी
नायब निरीक्षक टेकबहादुर कार्कीले बताए ।
कार चालक भारत विहार जिल्ला पूर्वीचम्पारण, मोतिहारी थानाअन्तर्गतका गोबिनगंजमरा-१४ चनडीस्थान गाउँका २६ वर्षीय अखिलेशकुमार साह, र कारमा सवार १९ वर्षीय राजकुमार पासवान पक्राउ परेका छन् ।