डिआइजीका घुमुवा निरीक्षक अधिकारी र वरिष्ठ हवल्दार केसी आर्थिक संकलनमा खटेका छन् ।
हेटौंडाका घुमुवा प्रहरीका कारण नेपाल प्रहरी
सधैं बिबादमा मात्रै होइन बदनाम हुदै आएको छ ।
गृह मन्त्रालय देखि प्रहरी प्रधान कार्यालय समेतले घुमुवा परिचालन नगर्ने परिपत्र र बारम्बार निर्देशन दिएपनि त्यो कार्यान्वयन भने भएको छैन ।
अहिले पनि प्रदेश प्रहरी प्रमुख
देखि चौकी प्रमुख सम्मले घुमुवा परिचालन गरेका छन् ।
घुमुवा परिचालन सुचना संकलनका लागि भन्दा पनि आर्थिक संकलन र रकम उठाउनका लागि नै गरिएको देखिने मात्रै होइन पुष्टि हुदै
आएका छन् ।
अहिले प्रहरीमा घुमुवाहरूको असुली आतंक नै रहेको छ ।
यसैक्रममा वागमती प्रदेशको
प्रहरी प्रमुख
रहेका डिआइजी कृष्ण
हरि शर्माले आफ्ना अति विश्वासिला दुई जना प्रहरीलाई गोप्य रूपमा घुमुवाको रूपमा
परिचालन गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयका एक सिनियर र जुनियर अधिकृतका अनुसार यसरी परिचालित भएका गोप्य घुमुवाहरूमा प्रहरी निरीक्षक अर्जुन अधिकारी र वरिष्ठ हवल्दार कृष्ण केसीलाई खटाएको रहेका छन्” बुझिएको छ ।
उनीहरूलाई डिआइजी
शर्माले गोप्य रूपमा परिचालन गरेका छन् ।
उनीहरू कहाँ परिचालन
भएका छन्” भन्ने कुरा उनै डिआइजी बाहेक प्रदेश प्रहरी कार्यालयमा कसैलाई थाहा नभएको कुरा छ”
प्रदेशकै सिनियर र जुनियर
अधिकृत बताउँछन् ।
उनले भने , हामीले थाहा पाए अनुसार उनीहरू गांजाको खानीका
रूपमा चिनिएको कैलाश र राक्सिराङ गाउँ पालिकाहरूमा
देखिने गर्दछन्” स्थानीयहरूले बताउँछन् ।
प्रदेशमा हाजिर
भए देखि उनीहरू उतै छन् ।
तर गांजा कतै समातिएको छैन ।
यी दुई पालिका नेपाल भरमा सबैभन्दा बढी गांजा उत्पादन हुने पालिकाहरू हुन ।
यहाँ गांजा रोप्दा , गोढ्दा र काट्दा गरि तीनपटक गांजाका ठेकेदारले प्रहरीलाई ठूलो रकम बुझाउने गर्दैआएका छन् ।
सरकारले गांजा फडानी गर्नका लागि गृह मन्त्रालय मार्फत करोडौं रूपैयाँ दिदै आएको छ ।
तर फडानी गर्न दिएको रकम एकाध ठाउँमा फडानी गरेको देखेर बांकी सबै मिलेर खाने काम मात्रै हुदै आएको देखिन्छ ।
अहिले पनि कैलाश र राक्सिराङ पालिकामा
१० प्रतिशत गांजा फडानी गरेर बांकी गांजाका खेती भने
प्रहरीले नै जोगाएको स्थानीयले बताएको छ ।
यसवापत प्रहरीले करोडौं रूपैयाँ लिने गरेको कुरा गांजा खेती गर्नेहरू खुलेयाम बताउँछन् ।


