Tuesday, April 1, 2025

नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सरु”

ताजा / भरखरै प्राप्त

साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सि मंगलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने
भएको छ ।
यही पुस २९ गतेसम्म जारी रहने तालिममा नेपाली सेनाको श्रीजंग बटालियन भारतीय सेनाको ११औँ गोर्खा राइफल्स सहभागी हुनेछ ।
‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जंगल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतंकवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसंघीय बडापत्रअनुरूप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षणलगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनेछ ।

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार यो अभ्यासबाट नेपाल र भारतबीचको मैत्री, विश्वास र साझा सांस्कृतिक सम्बन्ध अझ विस्तार हुनाका साथै दुई देशका व्यावसायिक सेनाको सहकार्य एवं सहयोग अझ सुदृढ हुनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles