Tuesday, April 1, 2025

सेनापति सिग्देलले गरे सुदूरपश्चिम पृतना युनिटहरूको निरीक्षण:-

ताजा / भरखरै प्राप्त

प्रधानसेनापति अशोकराज सिग्देलले सुदूरपश्चिम पृतना तथा अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् ।
यही पुस १२ र १३ गते भएको भ्रमणको क्रममा उनले उक्त पृतना हेक्वा तथा अन्तर्गतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति तथा विविध पक्षबारे उनले जानकारी लिएका हुन् । साथै उनले सकलदर्जालाई सम्बोधनसमेत
गरेका छन् ।
निरीक्षण भ्रमणका क्रममा उनले बैतडीस्थित श्रीवक्स गुल्म, बझाङस्थित वीरभद्रजंग गुल्म र डोटीको सिलगढीस्थित भैरवप्रसाद गणले सञ्चालन गरिरहेको सामूहिक तालिमको निरीक्षण गरेका थिए ।
सो क्रममा उनले सामूहिक तालिमको विविध पक्षका बारेमा जानकारी लिनुका साथै तालिमरत सकलदर्जालाई सम्बोधन गरेका सैनिक जनसम्पर्क निर्देशनालयले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles