साइबरको माध्यमबाट पोखरा, चितवन र सरकारी कर्मचारी गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख र नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार गरी ७८ लाख ५० हजार रुपैयाँ
लुटिएको हो ।
सीआईबीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार यस्ता विभिन्न कम्पनी तगा सर्वसाधारणहरूको साइबरको माध्यमबाट रकम लुटिएको उजुरी र त्यबारेमा अनुसन्धान भइरहेको बताएको छन् ।
उनले यस्तो कार्यमा हालमस्म ५०० भन्दा बढी सन्दिग्ध नम्बर सक्रिय रहेको बताएका छन् ।
ब्यूरोले पछिल्लो समय यस्ता घटना बढिरहेको भन्दै अपरिचित नम्बरबाट आएका फोन तथा मेसेज नउठाउन आग्रह गरेको छ ।
यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी भएमा सीआईबी वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सीआईबीले अनुरोध
गरेको छ ।