पर्साका बिरगञज भन्सारमा चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धान चामलको आयात
बढेको बुझिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा रु तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेका छन् ।
साथै राजस्व संकलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ ।
गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो ।
चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल
आयात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात
५४ दशमलव १२ प्रतिशत
र राजस्व संकलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको बताइएको छ ।