धान उत्पादनमा यस वर्ष साढे ५९ लाख टन उत्पादन
धानको उत्पादनले नयाँ रेकर्ड कायम गरेको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ टन धान फलेको छ ।
यो गत वर्षको तुलनामा ४ दशमलव ०४ प्रतिशतले बढी हो । गत वर्ष ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको
थियो ।
यो वर्ष मनसुन औसतभन्दा राम्रो भएको र उत्पादकत्वमा सुधार हुँदा उत्पादन बढेको हो । धान उत्पादन गर्ने क्षेत्र भने यस वर्ष १ दशमल २८ प्रतिशतले घटेको थियो ।
यो वर्ष १४ लाख २० हजार हेक्टरमा धान खेती लगाइएको थियो ।
बाढीका कारण बागमती प्रदेशका जिल्लामा उत्पादन घटे
पनि मधेश प्रदेशमा उत्पादन बढेका कारण धान उत्पादनले नयाँ रेकर्ड कायम गरेको छ ।
गत वर्षभन्दा मधेशमा करिब ११ र सुदूरपश्चिममा ६ प्रतिशत उत्पादन बढेको कृषि विभागले
जनाएको छ ।
कोशी र लुम्बिनी प्रदेशमा पनि धानको उत्पादन बढेको छ ।
अहिले उत्पादन भएको धानले पनि आन्तरिक माग पूरा हुँदैन । अझै १० लाख टन अपुग हुने विभागले जनाएको छ । राष्ट्रिय उत्पादन बढाउन चैते धानमा विशेष कार्यक्रम ल्याइने मन्त्रालयका अधिकारीहरुको भनाइ रहेको छ ।