नेपालको यू-१९ महिला टी-२० विश्वकप टोली घोषणा भएको छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।यही जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा प्रतियोगिता आयोजना हुँदैछ ।
गत डिसेम्बरमा
मलेसियामा सम्पन्न एसीसी यू-१९ महिला एसिया कप खेल्ने १५ खेलाडीलाई नै विश्वकपको लागि निरन्तरता दिइएको छ ।विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
यस समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश, र स्कटल्याण्ड रहेका छन् ।
यस्तो छ नेपाली टोली :
पुजा महतो (कप्तान), सोनी पाख्रिन
(उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ,
तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा,
सिमाना केसी, रचना चौधरी, स्नेहा महरा,
अनु कडायत रहेको छन् ।