सशस्त्रका चार डिआइजीको पदावधि थपबारे निर्णय हुँदै आज साँझ सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । स्रोतका अनुसार सशस्त्र प्रहरी बलका चार डिआइजीको पदावधि थप्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो। पदावधि थप नभएमा चार डिआइजीले आजैदेखि अवकाश पाउने अवस्था आएको छ । डिआइजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको आज चार वर्ष पदावधि पुग्दैछ । सशस्त्र प्रहरी नियमावलीमा डिआइजीको पदावधि ४+१ वर्ष हुने उल्लेख छ। उनीहरुको पदावधि थप्ने प्रस्ताव एक साताअघि नै मन्त्रिपरिषद् पुगिसकेको छ । तर, उनीहरुलाई अवकाशमा लैजाने टोली शक्तिशाली भएकाले निर्णय हुन नसकेको स्रोत बताउँछ ।