Saturday, January 11, 2025

पर्साका बिरगंजमा पनि भूकम्पको धक्का:-

ताजा / भरखरै प्राप्त

आज,बिहान ६ बजेर ४८ मिनेटमा देशका विभिन्न भू-भागमा भूकम्पको ठूलो धक्का महसु भएको हो । भूकम्पको धक्काले धेरै मानिसहरु घरबाटबाहिर सडक र खाली ठाउँमा निस्किएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीनको सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर ७ रेक्टर स्केलको भूकम्प गएको
बताइएको छ ।

Previous article
Next article
मधेश विश्वविद्यालय वीरगञ्जमा भएको अनियमितताको छानबिन गर्न मुख्यमन्त्री सतीश कुमार सिंहले छानबिन गर्ने बताइरहेकै बेला फरक प्रकृतिको युवती काण्ड सार्वजनिक भएको छ ।विश्वविद्यालयका रजिष्ट्रार विजय यादवको एकजना युवतीसितको अन्तरंग तस्बीर बाहिरिएको छ ।विश्वविद्यालयमा कर्मचारी रहेको बताइएको युवती र रजिष्ट्रारकी पत्नीबीच भएको इलेक्ट्रोनिक संवाद (च्याट) जनकपुर टुडेलाई प्राप्त भएको छ । च्याटमा युवतीले महिलालाई पति अब कुनै हालतमा नफर्किने धम्की दिएकी छन् ।उनले अनेक प्रकारको धम्कीदिदै आफ् नो सम्बन्धबारे ठोकुवा गरेकी छन् ।युवतीको नियुक्ति पनि गैरकानुनी रुपमा नै भएको बताइन्छ ।राजनीतिक परिवारसित जोडिएकी युवतीको नियुक्ति भएदेखि नै रजिष्ट्रारले अवैध सम्बन्ध बनाएको स्रोतहरुले जनाएका छन् ।दुबैबीचको सम्बन्ध विश्वविद्यालयमा चर्चाको विषय बनेको छ ।केही कर्मचारीहरुले विश्वविद्यालयको वातावरण दूषित बनेको बताएका छन् ।कर्मचारी र रजिष्ट्रारबीचको सम्बन्धले विश्वविद्यालयको पवित्रतालाई धुमिल्याएको उनीहरुको कथन छ । उपकुलपति डा.दीपक शाक्यले आफ्नै वीरगञ्ज कलेजमा कार्यरत यादवलाई रजिष्ट्रारमा नियुक्त गराएका थिए ।विश्वविद्यालयमा उपकुलपति शाक्य र रजिष्ट्रार एउटा संस्थासित आबद्ध भएकाले अनेकौ अनियमिततालाई ढाकछोप गरिएको आरोप लाग्दै आएको छ । घरमा श्रीमती सहितको परिवार रहेको बेला अविवाहित युवतीसितको ‘रिलेशनसिप’ले रजिष्ट्रारको पारिवारिक स्थिति तनावपूर्ण बनेको छ ।च्याटमा युवती र रजिष्ट्रारकी पत्नीबीचको संवादले पनि त्यसको पुष्टि गरेको छ ।युवतीले रजिष्ट्रारकी पत्नीलाई अब पद पनि जाने र उहाँ(रजिष्ट्रार)पनि नपाउने धम्की दिएकी छन् ।पटक पटक भएको संवादमा उनीहरुबीच अत्यधिक तनावको अवस्था सृजना भएको देखिन्छ । यस सम्बन्धमा उपकुलपति डा.शाक्यसित सम्पर्क हुन सकेन् ।रजिष्ट्रारको मोबाइल नम्बरमा सम्पर्कगर्दा उनी स्वयंले रिसिभ गरे पनि म दाई बोलेको भन्दै प्रतिकृया दिन चाहेनन् । शाक्य र यादवलाई मधेश प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले क्रमशःभीसी र रजिष्ट्रारमा नियुक्ति गरेका थिए । शाक्य र यादव नियुक्त भए पनि बिना सूचना नेताका आफ्न्तहरुलाई भर्ना गरिएको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles