Friday, January 10, 2025

सेतो मछिन्द्रनाथको महास्नानसेतो मछिन्द्रनाथको महास्नान आज काठमाडौंको केलटोलस्थित जन बहाः

ताजा / भरखरै प्राप्त

परिसरको विशेष मण्डपमा विधिपूर्वक गरिएको छ। शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरूबाट स्नान गराइएको हो। यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ । हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मछिन्द्रनाथलाई महास्नान गराइन्छ । मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ। त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाईदिने गरिन्छ। नुहाई दिने र पछि रंगहरु लगाई सजाउने सम्पूर्ण गतिविधि मन्दिरकै पूजारीले गर्छन्।मछिन्द्रनाथलाई वर्षा र सहकालको देवताको रुपमा मानिन्छ। हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करूणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ। सेतो मछिन्द्रनाथलाई यसरी नुहाईदिँदा समस्त मानवजातिमा परिवर्तन र नयाँ उर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । तस्बिर स् नेपाल फोटो लाइब्रेरी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles