मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित तीन जना मानिसलाई पक्राउ
गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडाका सूचना अधिकारी डिएसपी श्यामु अर्यालका अनुसार १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४ ७० ग्राम अफिमसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरू दुई जना भारतीय नागरिक र एक नेपाली नागरिक रहेको छन् ।
उनीहरूलाई शनिबार दुई जना र आइतबार एक जनलाई पक्राउ गरेको मकवानपुर प्रहरीले सार्वजनिक गरेका छन् ।
शनिबार बिहान ठूलो परिमाणमा लागुऔषध ओसार पसार भइरहेको छ भन्ने गोप्य सूचना आएपछि मकवानपुरको थाहा नगरपालिका-११ टिस्टुङ नौखण्डेमा जाँच
गरेको थियो ।
राति अन्दाजी २ बजे डिएल ८ सिएक्स १२२४ नम्बरको कार चेकजाँच गर्दा त्यहाँबाट चरेस
बरामद भएको थियो।
लागुऔषध भेटिएपछि कारमा सवार दुई भारतीय नागरिकहरु हुन हरियाणाको हिसार जिल्ला गोविन्दनगरका २५
वर्षीय कुनाल गोथ्वाल
र सुवासनगरका २०
वर्षीय मानिसकुमारलाई नियन्त्रणमा लिइएको डिएसपी अर्यालले जानकारी दिएका छन् ।