दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी रहेका छन् ।
एआइजी र डिआइजीको बढुवासँगै पदस्थापन पनि गरिएको ।
एआइजीमा बढुवा भएका कुबेर कडायतको कार्यविभाग तथा रबिन्द्र केसीको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ।
त्यस्तै, डिआइजीमा बढुवा भएका ईश्वर कार्कीको अन्वेषण योजना तथा विकास निर्देशनालय, राजेन्द्र प्रसाद भट्टको कार्य विभाग, दिनेश आचार्यको प्रहरी महानिरीक्षकको सचिवालय,
अरुण पौडेलको अपराध अनुसन्धान विभाग र गोविन्द थपलियाको प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।