सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माणको काम सुस्त गतिमा
भएको देखिएको छ ।
पुल निर्माणको काम थालेको करीब १४ वर्षसम्म पनि निर्माणको काम अधुरो रहेको स्थानीयले
बताउँछन् ।
नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास,
वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का लिएको हो ।
२०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताएका छन् ।
उनका अनुसार पुल बनेपछि बसतपुर, बडहर्वा, राजदेवीलगायतका वासिन्दालाई सहज हुनेछ । अहिले यहाँका वासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार
गर्दै आएको उनले
बताए हो ।
तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न आहिले सहज हुने उनको भनाइ रहेको छ ।
वाग्मती नदीले कटानमा पारेपछि राैतहट जिल्लाको केहीको खेतपारि सर्लाहीतिर रहेको छ ।खेतीको कामकालागि डुंगाचढेरआउजाउगर्नुपर्ने बाध्यतारहेको उनले बताएका छन् ।
यो पुलको माधवकुमार नेपालले शिलान्यास गर्नु भएको थियो ।