Wednesday, March 12, 2025

सुरक्षागोष्ठीको बजेटमा समेत लोभगर्ने सशस्त्रका डीआईजी:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा नेपाल–भारत सीमा क्षेत्रमा सहकार्य गर्नेबारेमा दुई देशका डीआईजीस्तरको समन्वयात्मक(कोअर्डिनेसन) बैठकको खर्चमा समेत अनियमितता भएको छ ।
सशस्त्र प्रहरी मधेश प्रदेशका डीआईजी कालीदास धौबजीले उक्त कार्यक्रमको खर्च जिल्लाका गणपतिबाटहरुबाट असुलेका छन् । ६ कात्तिक, २०८१ मा बर्दिबासमा भएको कार्यक्रममा सरोकारवाला निकायहरू तथा भारतीय समकक्षीसँग आपसी समन्वय तथा सहकार्य गरी बोर्डर इलाकाको सरसफाइ पोष्टहरूको निर्माण बोर्डर पिलरहरूको मर्मत सम्भार जस्ता कुराहरू मिटिङमा छलफल भएको थियो । उक्त कार्यक्रममा भारतीय समकक्षी डीआईजी, बटालियन कमान्डरहरूको उपस्थिति रहेको थियो भने नेपालतर्फबाट सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनिका बाहिनीपति डीआईजी कालीदास धौबजी, सहायक बाहिनीपति सूर्य सेन वली र मधेश प्रदेशका जिल्लाका गणपतिको उपस्थिति रहेको थियो ।
यसरी दुई देशका समकक्षीहरूको कोअर्डिनेसन मिटिङ हुनुलाई सकारात्मक मान्नुपर्छ ।
तर दुई देशका डीआईजीस्तरको कार्यक्रमको खर्च बाहिनीबाट नब्यहोरी गणपतिबाट उठाइएपछि प्रश्न उठेको छ ।
बाहिनी मुख्यालयले उक्त कार्यक्रममा करिब १० लाख खर्च भएको र उक्त रकम प्रत्येक गणहरुलार्ई भाग लगाएर तिर्न लगाएको स्रोत बताउँछ ।
आश्चर्यको कुरा त के छ भने करिब १५ देखि २० जना एक रात बर्दिबासस्थित गौतम होटलमा बस्दा ५ लाख पचास हजार खर्च देखाइएको छ ।
जबकि गौतम होटलको सबैभन्दा महंगो कोठाको भाडा ६ हजार ५ सय रुपैयाँ
रहेको छ ।
कार्यक्रमको खर्चको बिल बढाएर बनाउन त लगाए नै, रकम समेत गणहरुबाट असुलेर डीआईजी धौबजीले सशस्त्रको छविमै आँच पुर्याउने काम गरेका छन् ।
उक्त कोअर्डिनेसन मिटिङको खर्च भएको
पैसा बाहिनीको शिस्टाचार पाहुना खर्च अन्तर्गत आएको बजेटबाट गर्नुपर्ने हो । तर दुःखको कुरा बाहिनीपति धौबजीले उक्त खर्च भएको पैसा मधेश प्रदेशका ८ वटा गणबाट प्रतिगणपति ९६ हजार ८ सय रुपैयाँ र २ वटा रिजर्भ गणबाट ५० हजारका दरले भागबण्डा लगाएर लिई ब्यहोरेका छन् । स्रोतका अनुसार बाहिनीले दुई देशका अधिकारीहरु सहभागी भएको खर्च अतिथिका लागि छुट््याइएको बजेटबाट गर्नुपर्ने हो ।
भारतीय समकक्षीसँग राखिएको बैठकको खर्च गणपतिबाट उठाएर अतिथि सत्कारका लागि राखिएको रकम कुन कोषवाट खर्च गर्ने भन्ने प्रश्न डीआईजीमाथि उठेको छ ।
डीआईजीले गणपतिलाई भागबण्डा लगाएर उठाइएपछि उनीहरुले उक्त रकम बीओपी र बेशहरूबाट उठाउनुपर्ने हुन्छ ।
बीओपी तथा बेसहरूमा बजेट हुँदैन । उनीहरुले कहाँबाट पैसा दिने ? यसको मतलब अप्रत्यक्षरूपमा बीओपी तथा बेसका प्रमुखहरूलाई तस्करसँग मिलेमतो गरी रकम संकलन गर भन्ने बुझिन्छ ।
डीआईजी धौबजीले आफ्ना मातहतका गुल्म, बेस, बीओपीहरूबाट थर्काएर ईँट्टा, रड, सिमेन्ट मगाउने र आफ्ना कर्मचारीबाट भवन निर्माण गरी केन्द्रबाट आएको बजेट समेत पचाउने गरेको आरोप छ ।
डीआईजी धौबजी नेपाल प्रहरीको प्राविधिक सईमा भर्ना हुँदै सशस्त्र प्रहरीमा गएर इन्फ्रेन्ट्रीमा स्थानान्तर भएका अधिकृत हुन् । प्राविधिक भएका कारण उहाँसँग खासै कमाण्ड गर्ने क्षमता छैन ।
उहाँकै कार्यकालमा सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको सर्लाहीमा भेप तस्करीको आशंकामा बस रोक्न खोज्दा सोही बसले बसले किचेर मृत्यु भएको थियो ।
सिरहमा प्रहरी नायब निरीक्षक(सई) लक्ष्मणकुमार यादवलाई मदिरा तस्करीको गाडीले किचेर मारिएको परिवारजनको आरोप छ ।साभार।
नेपाल फेस ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles