Monday, February 17, 2025

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन फाष्ट ट्र्याकको अवलोकन काठमाडौं ।

ताजा / भरखरै प्राप्त


राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस फाष्ट ट्र्याकको अवलोकन गरेका छन्।निर्माणाधीन सुरूङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे राष्ट्रपतिले आवश्यक जानकारी लिएका हुन् ।
निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे पौडेलले आवश्यक जानकारी लिएका थिए।राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।
काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने ७०.९७७ किलोमिटरको फास्ट ट्र्याक निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles