अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरी तामाङलाई गौशाला वृत्त पठाएको थियो। तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। गत पुस २५ गतेको प्रहरी प्रतिवेदन तथा पुस २६ गतेको पशुपति क्षेत्र विकास कोषको जाहेरी पत्रको आधारमा प्रहरी वृत्त गौशालाले तामाङविरुद्ध पुस २८ अभद्र व्यवहार कसूर शीर्षकमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउ अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ ।
सोही पक्राउ अनुमति बमोजिम बुधबार उनलाई स्वयम्भु क्षेत्रबाट जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी प्रहरी वृत्त गौशालामा उपस्थित गराइएको छ । प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। केही दिन अगाडी पशुपति विकास कोषमा सुरक्षार्थ खटिएका डीएसपीसहितका प्रहरीलाई नाङ्गै भएर हिड्नुस भन्दै प्रहरी अधिकारीहरुमाथि दुव्र्यवहार गरेकी थिइन् । केही समय अगाडी पशुपति विकास कोषले ३५ महिलालाई जागिरबाट निकालेको थियो ।त्यसको विरोधमा पशुपति विकास कोषमा पुगेकी तामाङ र प्रहरीबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो ।प्रहरीले आशिकालाई कोषको कार्यालयभित्र प्रवेश गर्न नदिएपछि उनी उग्र रुपमा प्रस्तुत भएकी थिइन् ।केही दिन अगाडी पशुपति विकास कोषमा सुरक्षार्थ खटिएका डीएसपीसहितका प्रहरीलाई नाङ्गै भएर हिड्नुस भनेपछि आशिका विवादमा तानिएकी हुन् ।
कोषले ३५ महिलालाई जागिरबाट निकालेपछि पीडितहरु कार्यालयको गेटमा अनशन बसेका थिए ।उनीहरुको समर्थन र कोषका प्रमुखसँग कुरा गर्न आशिका त्यहाँ पुगेकी थिइन् । तर प्रहरीले प्रवेश गर्न नदिएपछि वादविवादको अवस्था सिर्जना भएको थियो ।डीएसपीलाई उनले कार्यालय प्रमखसँग भेट गराउन भनिरहेको तर त्यहाँ खटिएका एकजना डीएसपीले कुरा गराउन नसक्ने जवाफ दिएका थिए ।
त्यसपछि आशिकाले कुरा गराउन नसक्ने भएपछि बर्दी खोलेर नाङ्गै भएर हिड्नुस भनेकी थिइन् । आशिकाले भनेकी छिन्, ‘कुरा गराउन नसक्ने भए बर्दी खोलेर नाङ्गै भएर हिड्नुस, बुझ्नु भो । तरिका हो यो । यो ३५ जनाको मात्रै समस्या हो ।’अहिले सो भिडियोका क्लिपहरु सामाजिक सञ्जालहरुमा भाइरल छन् ।विरोध हुन थालेपछि २६ गते शुक्रबार बिहान मात्रै आशिकाले फेसबुकमा लेखेकी छन्, ‘धेरै जनाले मैले पुलिस ज्युहरु सग नराम्रो ब्यबहार गरिस भन्नू भो ! त को होस भने पछि चुप लागेर को चाहिँ बस्न सक्छ ? उहाँहरु यो देश सुरक्षाकर्मी हो भने म पनि यहि देशको धुलोबाट बनेको सर्बसाधारण हुँ !’ साभार ।