भारतमा भएको प्रथम खो खो विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय पुरूष र महिला टोलीलाई भव्य स्वागत भएको छ ।
विश्वकपमा उपविजेता बन्दै इतिहास रचेको नेपाली टोली सोमबार दिउँसो स्वदेश
फर्किएका छन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य-सचिव टंकलाल घिसिङ,
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल,
खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएका छन् ।
नेवारी धिमे बाजा र
नेपाल प्रहरीको ब्याण्ड बाजासहितको टोलीले भव्य स्वागत गरेको छन् ।
खो खो को महिला र पुरुष दुवै टोली फाइनल पुग्दै इतिहास रच्दा अहिले याे खेलको सबैतिर चर्चा भइरहेको बताइएको छ ।