जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा अनुगमन तथा निरीक्षण भ्रमण गर्नु भएका छन् ।
भ्रमणको क्रममा इलाका प्रहरी कार्यालय पोखरियाको सम्पुर्ण शाखाहरु, हिरासत कक्षको निरीक्षण तथा अवलोकन गर्नु भएको हो ।
निरीक्षण पश्चात पखरियाका कार्यालय प्रमुखको उपस्थितमा
प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशनको क्रममा वहाँले प्रहरी संगठनले दिएको जिम्मेवारी वहन गरी संगठनको अपेक्षा बमोजिम प्रस्तुत हुन र व्यवसायिक जिम्मेवारी वहन गर्दा आईपर्ने समस्या र चुनौतीहरुलाई आफ्नो धर्म र कर्तव्य ठानेर न्यायिक तवरले आफ्नो पदिय दायित्व निर्वाह गर्न र प्रहरी कर्मचारीहरुले अनुशासनको पालना गरी भातृत्व भावका साथ सभ्य र सबैलाई स्विकार्य हुने व्यवहार गरी जनमैत्री प्रहरी सेवा प्रदान गर्नु पर्ने बताउदै जिल्ला प्रहरी प्रमुखको हैसियतले आफुले कुशल अभिभावकको जिम्मेवारी वहन गर्दै हर दुखः सु:खमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका
प्रहरी युनिटमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको साथ र सहयोग रहेको बताएको छन् ।