जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास–५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र निजकी आमा ४० वर्षीया मधुमाया आले रहेका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको! गण्डकी प्रदेश ०३–००१ प ०३१० नंको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट तल खस्दा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । साभार ।
devdahakhabar