Thursday, October 16, 2025

पुलिस स्कुल धरानको निरीक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख तथा नेपाल पुलिस स्कुल धरानका संरक्षक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले विद्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षणका क्रममा वँहाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बिहानीको प्रार्थनासभामा उपस्थित भई विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुका साथै धन्यवाद व्यक्त गर्नु भएका छन् ।

साथै विद्यालय परिसरमा रहेका छात्रावास, मेस, प्राथमिक उपचारकक्ष, विद्यालयको विभिन्न शाखा समेत निरीक्षण गर्नुका साथै वृक्षारोपण समेत गर्नुभएको छ ।
कार्यक्रममा नेपाल पुलिस स्कुल धरानका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय धरानका प्रमुख, विद्यालय प्राचार्य, विद्यालय समादेशक, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles