डिल्लीबजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन्।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुबाट बुधबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी छन्।वैदेशिक रोजगारीको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले १९ साउन २०६६ मा ३ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको थियो।
फैसला भएपछि २५ फागुन २०६६ मा पक्राउ परेर कारागार चलान भएका उनी २९ साउन २०६७ मा कारागारबाटै फरार भएका थिए।विदेश पठाउने भन्दै अन्जु महर्जन र सरस्वती मगरलाई ठगी गरेपछि उनीहरु बुढाथोकीविरुद्ध जाहेरी दिएका थिए ।


