Sunday, March 16, 2025

कार्यक्षेत्र जानु अघि नै काँग्रेस सदस्यको शरणमा एसपी कार्की

ताजा / भरखरै प्राप्त

काठमाडौं । सिन्धुपाल्चोकमा सरुवा भएका एक प्रहरी अधिकृतले सत्तारुढ पार्टीका सांसद तथा काँग्रेस केन्द्रीय सदस्यको घरमै पुगेर आर्शिवाद लिएको घटनाले खुवै चर्चा पाएको छ ।फौजी अनुशासन र प्रहरी सेवा बिरुद्ध भएको यो घटनाले नेपाल प्रहरीको छवीमा आँच पुगेको बिभिन्न प्रतिकृया आउन थालेको छ । सिन्धुपाल्चोकमा काठमाडौंमा कार्यरत रामेश्वर कार्की सरुवा भएका थिए ।
तर, उनी कार्यक्षेत्र नजाँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नंम्वर दुईका सांसद मोहनबहादुर बस्नेतको निवासमा पुगेर आर्शिवाद लिएको तस्वीर सामाजिक सञ्जालमा व्यापक भएको छ । नेपाली काँग्रेसका एक कार्यकर्ता रामकुमार थापाले फेसबुकमा हालेको तस्विरमा एसपी कार्की खादा लगाएर उभिएको देखिन्छ ।
थापाले फेसबुकमा मोहन बस्नेतको सिफारिस र समन्वयमा एसपी कार्की सिन्धुपाल्चोक सरुवा भएको उल्लेख गरेका छन् । उनको फेसबुकमा अधिकांशले एउटा नेताको सिफारिसमा जिल्ला जाने प्रहरी अधिकृतले कस्तो काम गर्लान् भनेर प्रतिकृया लेखेका छन् ।
कामयावी प्रहरी अधिकृत भएपनि बस्नेतको कुर्सीमै पुगेर खादा लगाएपछि कार्की काँग्रेसी कार्यकर्ता भएको प्रतिकृया आउन थालेको छ ।
साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles