काठमाडौँको नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नुवाकोटको तादी गाउँपालिका ३ खरानीटार घर भइ हाल काठमाडौँको प्यूटार बस्ने २२ वर्षीय रोशन भण्डारी र धादिङको गंगाजमुना गाउँपालिका ५ फुलखर्क घर भइ हाल काठमाडौँको नेपालटार बस्दै आएका ३० वर्षीय रविन अधिकारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले बताएका छन् ।