सिरहाका सीमानाकाहरूबाट पछिल्लो समय तस्करी निकै मौलाउँदै गएको छ ।जिल्लास्थित सीमानाकामा तैनाथ प्रहरी , सीमा सुरक्षामा खटाइएको सशस्त्र प्रहरी बलकै सेटिङमा तस्करी
बढिरहेको छ । पूर्वीनाकाहरू ठाडी, झाझपट्टी, बरहरी, वरियारपटी, औरही र खैरटोका (माडर)मा गरि , नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र भन्सारका कर्मचारीहरूकै सेटिङमा तस्करहरूले चौविसैघण्टा खुलेआम रुपमा तस्करी गरिरहेका छन् ।
सशस्त्र प्रहरीले औरही गाउँपालिका–४, भट्टीमोडबाट मंगलबार नियन्त्रणमा लिइएका सामान बुधबार भन्सार कार्यालयमा
बुझाइएको छ ।
सीमा नाकामा बीओपी इटाटारबाट खटिएको गस्ती टोलीले उक्त लत्ताकपडा नियन्त्रणमा लिएको सिरहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले बताए ।
उनका अनुसार नियन्त्रणमा लिइएका लत्ताकपडा १ लाख ७४ हजार ४ सय ८० रुपैयाँ बराबरका छन् ।तर, तस्करीका लत्ताकपडा लिएर आएका तस्करलाई भने सशस्त्र प्रहरीले छाडेको छ ।
उक्त कपडा जिल्लाको गोलबजारका एक कपडा
व्यापारीको हो ।
उनीहरूले दुईवटा पोकामा टाउकोमा बोकेरै उक्त कपडा ल्याइरहेका थिए ।
सोही क्रममा गस्ती टोलीले उनीहरूलाई कपडासहित पक्राउ गरेको र एकछिनपछि छाडेको स्रोतको भनाइ छ ।तर, पक्राउ परेको एकछिनमा उनीहरूलाई छाडियो ।
सिरहामा घुमुवा प्रहरीसँगको सेटिङमा तस्करी बढेको छ ।
सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गर्ने क्रम फस्टाउँदो छ।माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरू प्रयोग गरी तस्करहरूले रातिको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्याँस चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ भन्सार राजश्व छली गरी नेपाल भित्र्याउने र नेपालबाट मदिरा, चाइनिज स्याउ, लगायतका सामाग्रीहरू भारतीय बजार व्यापक रुपमा पु¥याउने गरेको स्थानीयले बताए । ठाढी नाकामा मूल
भन्सार छ ।
सँगसँगै सशस्त्र प्रहरीका बोर्डर आउटपोस्ट (बिओपी) र सईको कमान्डमा नेपाल प्रहरीका पोस्ट छन् ।
ठाढीबाट चार किलोमिटर उत्तरमा असईको कमान्डमा भगवानपुर प्रहरी चौकी छ। भगवानपुरबाट चार किलोमिटर उत्तरमा सईको कमान्डमा इलाका प्रहरी कार्यालय महेशबारी छ। पाँच किलोमिटर उत्तर लहानको अस्पताल चोकनजिकको पार्कमा सशस्त्र र नेपाल
प्रहरीको संयुक्त
टोली बस्छ ।
बोर्डरबाट तीनवटा प्रहरी पोस्ट र एउटा बिओपी पार गरेर गाडी लहानसम्म पुग्छन् ।
सीमावर्ती नाका झाझपट्टी, औरही, इटाटार, ठाढी, माडर, कल्याणपुर सबै ठाउँमा सुरक्षाकर्मीका पोस्ट छन् ।
सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएको सीमानाकाबाट ठूलो परिमाणममा तस्करीको सामान छिराउन बिनासेटिङ सम्भव नभएको सीमावर्ती गाउँका स्थानीय बताउँछन्। ठाढी भन्सार कार्यालयको पछाडि सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बिओपी) का साथै नेपाल प्रहरीको समेत
उपस्थिति छ ।
ठाढीबाट अहिले तस्करीको सामान सीमा पार गरेपछि पश्चिमको बाटो हुँदै बसपार्क पुग्छ। बसपार्कमा बस र अन्य सवारीसाधनमा लोड भएर त्यो सामान लहानलगायतका बजारमा पु¥याइन्छ।
स्थानीय भन्छन्, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिरहा सदरमुकाम लगायतका बजारहरू मिर्चैया ,गोलबजार,लाहान, लगायतको वजार सम्म ल्याइन्छ ।’
सुरक्षाकर्मीले नै तस्करहरूलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरूले सामान ढुवानी गर्न सुरु गर्ने उनले बताए ।
बरियारपट्टी तस्करीका लागि चम्केको अर्को नाका हो । यहाँ भन्सार कार्यालयसँगै सशस्त्र प्रहरीको बिओपी र अगाडि नेपाल प्रहरीका चौकी छन् ।
यो नाकाबाट तस्करी हुने मालसामान सुखिपुर, गोलबजार पुग्ने गरेको छ। चाइनिज स्याउ, मटर र मदिरा पारि तस्करी हुने गरेको छ ।तस्करलाई घुमुवा प्रहरीले नै बाटो देखाउँछन् ।
तस्करले खाद्य सामग्री, कपडा, मोटर पाट्र्स र कस्मेटिक सामग्री प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर ल्याइरहेका छन्। नरगी, कुसन्डी, इटाटारबाट तस्करले सामान भित्र्याइरहेका छन्। यी सबै नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति छ ।
भारततर्फको बजारबाट ल्याएका सामान नरगी, कुसन्डी, बरियारपट्टी, ठाढी र माडरमा भण्डारण गरिन्छ।यहाँबाट मोटरसाइकलको पछाडि बाँधेर, बस, टेम्पो, अटोमा राखेर सिरहाका विभिन्न व्यापारीको गोदामसम्म पु¥याइन्छ।
सिरहाको ठाढी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा लक्ष्यभन्दा कम राजस्व उठेको छ ।
यस भन्सार कार्यालयलाई आव २०८१÷८२ मा चार करोड २३ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा पुस मसान्तसम्म दुई करोड पाँच लाख ६९ हजार रुपैयाँ लक्ष्य तोकिएको थियो ।
तर, छ महिनाको यस अवधिमा कार्यालयले एक करोड ७१ लाख ४५ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो लक्ष्यको करिब ८४ प्रतिशत हुन आउँछ ।कार्यालयका भन्सार अधिकृत मुकेशकुमार पाठकका अनुसार अपेक्षित राजस्व संकलन हुन नसक्नुमा सिरहा जिल्लामा ‘खाद्य तथा प्लान्त क्वारेन्टाइन’ नहुनु हो,’ उनले भने, ‘यस जिल्लामा दुईवटा मूल भन्सार र एउटा छोटी भन्सार कार्यालय रहेका छन् ।
तर जिल्लामै खाद्य तथा प्लान्ट क्वारेन्टाइन नहुँदा खाद्य सामग्रीको भन्सार जाँजपास हुन सकेन र अपेक्षित राजस्व संकलन पनि हुन सकेन ।
भन्सार अधिकृत पाठकले प्लान्ट क्वारेन्टाइन कार्यालयको अभावमा चोरी निकासी तथा पैठारी हुने गरेको भन्दै खाद्य सामग्रीलाई वैधानिक रूपमा भन्सार जाँचपास प्रक्रियामा ल्याउन सके राजस्व संकलन दुई गुणाले बढ्ने दाबी गरेका छन् ।साभार