Sunday, June 29, 2025

पर्सामा ५७ लाखका तस्करीका सामान बरामद:-

ताजा / भरखरै प्राप्त

ब्यापारीको नाम किन लुकाइयो ?
पर्साको बीरगंज ।

जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरीपैठारी गरी ल्याएका विभिन्न किसिमका इलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सूर्ती, चप्पल लगायतका माल सामान बरामद गरेको छ ।

मंगलबार बरामद गरिएका ती सामान अन्दाजी ५६ लाख ४६ हजार ४ सय २९ रुपैयाँ बराबरका छन् ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा,
वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय लंगडी, प्रहरी चौकी सिर्सियाले सामान बरामद गरेका हुन् ।
५७ लाख बराबरका सामान बरामद गरेको भए पनि ती सामान ल्याउने पक्राउ परे नपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालको बिज्ञप्तिमा केही उल्लेख छैन ।
बरामद सामान कुन ब्यापारीको हो त्योसमेत खुलाइएको छैन ।
यसअघि माघ १४ गते सशस्त्र प्रहरीले मदन गुप्ता रुन्चेको गोदामबाट ५० लाख रुपैयाँ भन्दा बढीको तस्करीको कपडा र हार्डवेयको सामान बरामद गरेको थियो ।
प्रस्तावित सीमा सुरक्षा गुल्मका इन्चार्ज डीएसपी लोकेन्द्र सुब्बाको टोलीले रुन्चेको गोदामबाट सामान बरामद गरेको थियो ।
तर बीरगंज भन्सार कार्यालयमा सामान दाखिला गर्दा उक्त सामान कहाँबाट र कुन ब्यक्तिको गोदामबाट बरामद भएको भनी उल्लेख नगरी रुन्चेलाई उन्मुक्ति
दिइएको थियो ।
गुप्ताको गोदाममा छापामार्दा साक्षीको रुपमा भन्सार कार्यालयका नायबसुब्बा सन्दीप पराजुलीसहित ४ जना उपस्थित थिए ।
तर भन्सार दाखिला गर्दा कसको गोदामबाट बरामद भएको हो भन्ने उल्लेख नै नगरी तस्कर गुप्तालाई जोगाउने काम बीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले गरेका थिए ।

भारतीय नागरिक रुन्चेलाई बीरगंजमा तस्करीका बादशाह नै मानिन्छ ।

भन्सारका कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म उनको
सेटिङमा छन् ।
रसुवाबाट भेप तस्करी गरेको फेलापारे पनि कारबाहीबाट जोगिएका पाठकलाई एमालेका अर्थमन्त्री बिष्णु पौडेलले पुरस्कृत गरी बीरगंज भन्सारको प्रमुख भन्सार अधिकृतमा सरुवा गरेका थिए ।
साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles