मकवानपुर हेटौंडाका प्रहरीले अवैध लागूऔषध विभिन्न स्थानबाट तीनजनालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार डाइजेपामसहित २ जना र गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डाइजेपामसहित हेटौंडा-८ कमानेका ३० वर्षीय सुमन स्याङ्तान र १९ वर्षीय प्रसुल देउला रहेका छन् ।वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ९५९२ नम्बरको मोटरसाइकललाई जाँचको क्रममा २ जनालाई प्रहरीले पक्राउ
गरेका छन् ।
प्रहरी चौकी रातोमाटेले हेटौंडा-१५ मा चेकिङको क्रममा उनीहरुलाई पक्रेको हो ।
गाँजासहित पक्राउ पर्नेमा पर्सा भौराटार–७ का ३० वर्षीय बिनोद सहनी रहेका छन् ।
प्रहरीले उनको साथबाट लागूऔषध गाँजा ५ किलो ५९० ग्राम फेला पारेको हो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप अनुमति प्रहरीले लिएको छ ।