Wednesday, March 12, 2025

३ लाख ७० हजार बराबरको खाद्यान्न र कपडा पर्सा प्रहरीद्वारा बरामद:

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्ज ।
भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न प्रकारका लत्ताकपडा तथा खाद्यान्न पर्सा प्रहरीले बरामद
गरेको छ ।
करिब ३ लाख ७० हजार ९९० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिइएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी
नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, माघ १९ गते प्रहरीको संयुक्त टोलीले पर्साका विभिन्न स्थानमा अपरेसन सञ्चालन गर्दै भन्सार छली गरी ल्याइएका सामानहरू बरामद गरेको हो ।
बरामद परेका सामानमा मुख्यतः लत्ताकपडा तथा खाद्यान्न रहेका छन् ।
प्रहरीका अनुसार, अवैध रूपमा भित्र्याइएका सामग्री बिना कुनै कानुनी प्रक्रिया भारतबाट नेपाल ल्याइएका थिए ।
प्रहरीले यस प्रकारको गैर कानुनी आयात नियन्त्रण गर्न निरन्तर अभियान सञ्चालन गरिरहेको बताएको छ ।
बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई
बुझाइएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles