प्रहरी चौकी चैनपुर, मकवानपुरको आफ्नै जग्गा तथा भवन नभई गाउँपालिकाको भवनमा बसी शान्ती सुरक्षा प्रदान गर्दै आईरहेको र प्रहरी चौकीको नाममा जग्गा प्राप्तीको लागी पहल भईरहेकोमा मिति २०८१।१०।२४ गते जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं.५ बस्ने धन बहादुर मुक्तानको श्रीमती साँहिलीमाया मुक्तानले आफ्नो नाममा दर्ता श्रेष्ता कायम रहेको कि.नं.१०७५ को १-१४-३-२ रोपनी, ( १ रोपनी १४ आना ३ दाम २ पैसा ) जग्गा प्रहरी चौकी चैनपुर मकवानपुरको लागि निःशुल्क उपलब्ध गराई सहयोग गर्नु भएकोले उहाँलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्री विश्वराज खड्का द्वारा सम्मान स्वरुप खादा लगाई धन्यबाद व्यक्त
गर्नुभएको छ ।