Monday, May 19, 2025

६०४ किलो गाँजाबोकेका ट्रक र चालक प्रहरीद्वारा बरामद:-

ताजा / भरखरै प्राप्त

महोत्तरी प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको छन् ।
प्रहरीले भंगाहा नगरपालिका-६ मजरास्थित बर्दिवास-जलेश्वर सडकबाट ट्रकमा लोड गरिएको अवैध गाँजा बरामद गरेका छन् ।

प्रहरी अनुसार बर्दिवासबाट जलेश्वर जाँदै गरेको प्रदेश २-०४-००१ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा अवैध गाँजा फेला परेको छ ।

पक्राउ पर्नेमा ट्रकका चालक उदयपुर कटारी नगरपालिका-१ का २३ वर्षीय गणेशबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

बरामद गाँजा र चालकबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नन्दकिशोर चौहानले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles