काठमाडौंको ठमेलमा जाड खाएर हुहल्लगर्नेहरूलाई प्रहरीले समझाउदा
ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।
अनेरास्ववियुका नेता तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल र रमेश फुलारालाई प्रहरीले पक्राउ गरेको हो ।
गत माघ २४ गते मध्यराति अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सिग्देल, फुलारालगायतको ग्याङले आक्रमण गरेको थियो प्रहरीले बताउँछन् ।
मदिराले लठ्ठ भएर हु हल्ला गर्दै हिँडेका उनीहरुले प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि उनीहरुले सांघातिक आक्रमण गरेका थियो ।
मध्यरातमा होहल्ला गर्दै आएका उनीहरुलाई प्रहरीले सम्झाउन खोज्दा आक्रमण गरेको छन् ।
पक्राउ पर्नेमा अहिले जोशी भने फरार रहेका छन् ।
अनेरास्ववियूका नेताहरुको सांघातिक आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो ।
प्रहरी हबल्दार घर्तीको टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो ।
त्यस्तै जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट रहेको प्रहरीले बताइएको छन् ।