Saturday, March 15, 2025

सर्वाेच्चको ऐतिहासिक फैसलाः-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगञजको
नारायणी अस्पतालमा पाँच सय शैयाको भवन निर्माणको बाटो खुल्यो:

पर्साको वीरगञ्ज ।
पाँच वर्षदेखि सर्वोच्च अदालतमा अल्झिएको वीरगञ्जको नारायणी अस्पतालको पाँच सय शय्याको भवन निर्माण मुद्दा
अन्ततः टुंगोमा पुगेको छ ।

सर्वोच्च अदालतले उच्च अदालत जनकपुर अस्थायी इजलाशको अघिल्लो फैसला उल्ट्याउँदै, शहरी विकास तथा भवन निर्माण विभागको पक्षमा फैसला सुनाएपछि अब भवन निर्माण प्रकृयाले गति लिन पाउने भएको छ।

यस ऐतिहासिक फैसलामा नारायणी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा वीरगञ्जका नागरिक समाज, राजनीतिक दल, विद्यार्थी संगठनहरूको निरन्तर संघर्षको विशेष भूमिका रहेको छ ।

विशेषगरी, डा. निरज सिंहको नेतृत्वमा भएको आन्दोलनले निर्णायक मोड लिएको अस्पताल प्रशासनले जनाएका छन् ।

नयाँ भवन निर्माण प्रक्रियामा अवरोध आउँदा अस्पतालका डाक्टर,
नर्स तथा कर्मचारीहरू माघ १८ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

डा. निरज सिंहको नेतृत्वमा सञ्चालन भएको यस आन्दोलनमा वीरगञ्जका नागरिक समाज, राजनीतिक दल तथा विद्यार्थी संगठनहरू पनि ऐक्यबद्ध भएका थिए ।

प्रदर्शन तथा दबाबमूलक कार्यक्रमहरूकै कारण मुद्दा छिटो टुंग्याउन दबाब परेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल र सुनिल पोख्रेलको संयुक्त इजलाशले यस मुद्दामा अन्तिम फैसला गर्दै, उच्च अदालत जनकपुर अस्थायी इजलाशको अघिल्लो निर्णय उल्ट्याइदिएको
छ ।
यस फैसलासँगै पाँच वर्षदेखि अल्झिएको भवन निर्माण प्रक्रियालाई निकास मिलेको छ।

डा. निरज सिंहका अनुसार, “यो आन्दोलन केवल अस्पतालका स्वास्थ्यकर्मीको मात्र थिएन, यो वीरगञ्जका सम्पूर्ण नागरिकहरूको स्वास्थ्य सेवासँग जोडिएको विषय थियो ।

पाँच वर्षदेखि दिनरात अस्पतालको सुधारका लागि लडिरहेका हामी सबैका लागि आजको फैसला ऐतिहासिक
रहेको छ।”

पुरानो महेन्द्र आरोग्य भवन जीर्ण भइसकेको तथा स्वीकृत २५० शय्याको अभावका कारण नारायणी अस्पताल हाल ४ सय शय्याको सेवा सञ्चालन गर्दै आएको छ ।

नयाँ भवन निर्माण भएपछि, दैनिक औसत २५–३० बिरामीलाई शय्या अभावकै कारण अन्य अस्पतालमा पठाउनु पर्ने बाध्यता हट्ने छन् ।

आधुनिक सुविधासहितको पाँच तल्ले भवनमा बिरामीलाई समुचित सेवा प्रदान गर्न सहज हुने छन् ।

अब सर्वोच्च अदालतको फैसलापछि विभाग र ठेकेदार कम्पनीबीचको मतभेद समाधान भई नयाँ बोलपत्र प्रक्रियामा अघि बढ्ने बाटो खुलेको छ ।

यो भवन निर्माण कार्य सम्पन्न भएपछि नारायणी अस्पताल मधेश प्रदेशकै प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छैँ ।

डा. निरज सिंहको नेतृत्वमा सञ्चालन भएको आन्दोलन सफल भएपछि अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरू तथा वीरगञ्जवासी सबैजना उत्साहित बनेका छन् ।

यो सफलता केवल कानुनी मुद्दाको टुंगो मात्र नभई,पर्सा वीरगञ्जका जनताको स्वास्थ्य अधिकारको जितको रूपमा हेरिएको छ ।

लेखक आविद हुसेन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles