Sunday, March 16, 2025

रक्तदान सचेतना कार्यक्रम मणिग्राम ।

ताजा / भरखरै प्राप्त


रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पस स्नातक र स्तानकोत्तर तहका विद्यार्थीका लागि रक्तदान सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा ८५ पटक रगत दान गरिसक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत दान गर्दा दान लिनेको जीवन बच्ने र दान गर्ने व्यक्तिको व्यक्तित्वमा समेत धेरै लाभ मिल्ने उल्लेख गर्नुभयो ।
क्याम्पसको स्वास्थ्य तथा वातावरण समितिका संयोजक विन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा लगायतले रक्तदानबाट सबैको भलोमात्र हुने उल्लेख गर्नुभयो ।
सचेतना कार्यक्रम लगत्तै दर्जनौं विद्यार्थीले आफूहरू रगत दान गर्न इच्छुक भएको उल्लेख
गरेका थिए ।
कार्यक्रममा एम.बी.एस., बी.बी.एस., बी.एड. र बी.ए.का विद्यार्थीहरू सहभागी थिए ।

जनप्रहारबाट ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles