Monday, March 17, 2025

लाइसेन्स परीक्षा दिँदैझापाको कान्तिपुर ट्रायल सेन्टरमा दुई पक्राउ:-

ताजा / भरखरै प्राप्त

झापा – झापामा अर्को व्यक्तिको नाममा मोटरसाइकलको लाइसेन्स परीक्षा दिँदै गर्दा दुवै जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालय झापाबाट कान्तिपुर ट्रायल सेन्टर बिर्तामोडमा सञ्चालन भएको ए.के वर्गको प्रयोगात्मक परीक्षामा इलाम माङसेबुङ गाउँपालिका-३ बस्ने ३४ वर्षीय सुजन राईको सट्टामा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ३८ वर्षीय सुजन राईले परीक्षा दिँदै गरेको अवस्थामा दुवै जनालाई प्रहरीले पक्राउ परेका हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको छ । दुवै जनालाई म्याद थप
गरी अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीका (डीएसपी) प्रकाश विष्टले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles